आईसीसी टी–२० विश्वकप : आज क्यानडा र पाकिस्तान भिड्दै

|

जेष्ठ २९, डेस्क। आईसीसी टी–२० विश्वकपमा आज मंगलबार पाकिस्तान र क्यानडाबिच खेल हुनेछ। पाकिस्तान र क्यानडाबिचको खेल अमेरिकाको न्युयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज राति ०८ : १५ बजे सुरु हुनेछ ।

पाकिस्तान र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । त्यो समूहमा भारत, आयोजक अमेरिका र आयरल्यान्ड पनि रहेका छन् । समूह ‘ए’ अन्तर्गत खेल्न लागिएको यो छैटौँ खेल हो ।

पाकिस्तानको सम्भावित टोलीमा बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फखर जमान, सादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, ह्यारिस राउफ, नसिम शाह र मोहम्मद आमिर रहेका छन् ।

यसैगरी क्यानडाको सम्भावित टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, नवनित धालिवाल, परगत सिंह, निकोलस किर्तन, श्रेयस मोवा (विकेटकिपर), दिलप्रित बाजवा, जुनैद सिद्धकी, डिलोन हेलिगर, कलिम साना र जेरेमी गोर्डन रहेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित