जलेश्वर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा निशुल्क एक्स-रे (X-ray) घुम्ति शिविर सुरु

|

असाढ़ ११, महोत्तरी। जलेश्वर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउनका लागी नगरपालिकाको आयोजनामा क्षयरोग पहिचान गर्न निशुल्क एक्स-रे (X-ray) घुम्ति शिविर मिति २०८३ बैशाख ०९गते पहिलो दिन आधारभूत स्वास्थ्य सेवा केन्द्र जलेश्वर १ बाट नगर प्रमुखको एक्स-रे जाच गरेर कार्यक्रम सुरुवात गरिएको थियो।

कार्यक्रममा उत्साह जनक सहभागीता रहेको थियो। एक्स-रे जाचबाट संकास्पद भएका ब्यक्तीहरुको सुक्ष्म फाईनल जाचँका लागि खकार को नमुना संकलन गरी जिन एक्सपर्ट गर्न उक्त सेन्टर मा पठाएको छ।

रिपोर्ट प्राप्त पछि नजिकको स्वास्थ्य संस्थाबाट निशुल्क पुरा मात्र औषधी पाउने व्यवस्था रहेको सम्बन्धमा नगरपालिकाले जानकारी दिनुभयो साथै आजै जलेश्वर नगरपालिका वडा नं ३ राष्ट्रिय आधारभूत बिद्यालय खैरामा समेत एक्स-रे सेबा बाट धेरै जनाले जाँच गराउनु भएको थियो ।

जनताको आवाज अब आफ्नै गाउँ टोलमै जाँच गराउन पाउदाँ लाभग्राही जनताहरू खुसी भै नगरपालिकालाई धन्यवाद समेत दिएकाे थियाे। भने समयमै रोग पहिचान उपचार भएमा कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने भनेर खुसी भएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित