बिदाइ कार्यक्रममा बिधार्थीहरूलाई पुर्व मुख्यमन्त्रिको बधाई

|

असार ११, महोत्तरी। महोत्तरीको जलेश्वर नगरपालिकामा रहेको जिल्लाकै एक मात्र उच्च शिक्षा संस्था श्री रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा बी.एड. तथा बी.बी.एस. चौथो वर्षका विद्यार्थीहरूको बिदाइ समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै शिक्षा, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो। साथै, समाज र राष्ट्र निर्माणमा शिक्षित युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

समारोहमा क्याम्पस प्रमुख, प्राध्यापक, विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्व, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, अनुभव आदानप्रदान तथा गुरुजनप्रति सम्मान व्यक्त गर्दै भावुक वातावरणमा बिदाइ लिएका थिए।

कार्यक्रमको अन्त्यमा बिदाइ हुने विद्यार्थीहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित