नुहाउने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु

|

जेष्ठ २२, डेस्क। नुहाउने क्रममा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ ।

मधुबन नगरपालिका-७ भन्सार टोल बस्ने मनोज कर्णको छोरा १४ वर्षीय आयुश कर्णको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घर पछाडि रहेको सिँचाइ गर्नको लागि बनाएको बोरिङमा मोटर जडान गरी नुहाउने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित