जनकपुरधाममा रिक्सा र मोटरसाइकल ठोक्किदा एक घाइते

|

जेष्ठ १७, डेस्क । आज बेलुका करिब ०७ बजे ई-रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ। जनकपुरधामको भ्रमरपुरा चौकदेखि बजरंग चौकको बीचमा उक्त दुर्घटना भएको हो।

लु ९८ प २८१७ नम्बरको मोटरसाइकल र मधेश प्रदेश-२ -०२०-००१ स ९३१ नम्बरको ई-रिक्सा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो। मोटरसाइकल तीव्र गतिमा भएको कारण दुर्घटना भएको प्रत्यक्ष दर्शीहरुले बताएका छन्।

उक्त दुर्घटनामा ई-रिक्सामा सामान्य क्षति भएको छ भने रिक्सा चालकलाई पनि सामान्य चोटपटक लागेका छन् ।

भने यस घटनाबारे थप विवरण आउन बाँकी नै रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित