चितवन : मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

|

वैशाख २०, डेस्क । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो ।

ना २२ प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताएका छन ।

उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित