झापा : बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

|

बैशाख १३, डेस्क। हिजो झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

हिजो बुधबार करिब ८ बजे झापाको कन्काई नगरपालिका-३ सुरूंगा स्थित विर्तामोडबाट झिलझिले जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-७ का ३८ वर्षीय तेजमणि खरेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन्।

ठक्कर दिने बस र त्यसका चालक इलाका प्रहरी कार्यालय सुरूङ्गाको नियन्त्रणमा रहेको पनि डिएसपी चन्दले जानकारी दिए। त्यस्तै मोटरसाइकलको पछाडि बसेका मेचीनगर नगरपालिका-१० का २९ वर्षीय प्रसन्न दनुवार समान्य घाइते भएका छन्। यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित