वैशाख १२, डेस्क। महोत्तरीमा आज भीषण आगलागी भएको छ ।
महोत्तरीको मठिहानी नगरपालिका- ६ मदरसा टोलमामा भीषण आगलागी भएको छ ।
बुधबार (आज) दिउँसो १२:३० बजे सल्केको आगोबाट अहिलेसम्म करिब २०० भन्दा बढी घर जलेर नष्ट भएको छ । करिब ४,५ ओटा बाख्रा पनि आगलागीमा परि मृत्यु भएको हो। भने एक जना समान्य घाइते भएका स्थानीयले बताएका छन्। घटना स्थलमा अहिले ०९ वटा बारुणयन्त्र परिचालन गरिएको छ भने २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताएका छन् । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको डीएसपी सन्तुलाल जयसवारले बताएका छन् ।





