उदयपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

|

चैत्र ०१, डेस्क । उदयपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

धरानबाट भोजपुरका लागि छुटेको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुर प्रहरीका अनुसार को १ ज २५९३ नम्बरको जिप उदयपुरको बेलका-७ मैनामनीस्थित चेङ्ग्रे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको र घाइते ७ जनाको उद्धार भएको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले बताएका छन। घाइतेको उद्धार गरी उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित