दाङ : मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

|

माघ ०३, डेस्क । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित