बैशाख २७, डेस्क। जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘राजौरीबाट दुखद खबर आएको छ। हामीले जम्मु कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौँ। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिएका थिए।’
मुख्यमन्त्री अब्दुल्लाहले राजौरी सहरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको बताएका छन्।उनले लेखेका छन्, ‘आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी सहरलाई निशाना बनाएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो।’पाकिस्तानले पनि भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताइसकेको छ।






