अछाममा चट्याङ लागेर एक जना बालकको मृत्यु

|

वैशाख २५, डेस्क। अछाममा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी रहेका हुन् ।

हिजो सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित