दिनदहाडै जनकपुरमा सहकारी कर्मचारीबाट हतियारधारीले लुटे ८० लाख रुपैया

|

वैशाख २४,डेस्क। जनकपुरमा हतियारधारीले सहकारीको कर्मचारीबाट ८० लाख रुपैया लुटेका छन्। जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् ।

धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीको कर्मचारीबाट जनकपुरधाम उपमहानगरपालिका १९ थुम्हौना भन्ने स्थानबाट आज दिउँसो साढे १२ बजेतिर ८० लाख रकम लुटिएको हो ।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका हतियारधारी समूहले ८० लाख रुपैया लुटेर भागेका छन्।

महतोका अनुसार मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् । महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए ।

रकम लुटेर भागेको र अहिले कुनै उपलब्धि प्राप्त नभएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले बताएका छन्। लुटेराहरुको खोजी कार्य भइरहेको प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित