ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु , दुई जना घाइते

|

वैशाख २३,डेस्क। डडेल्धुरामा शनिबार (हिजो) राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बनीघाट रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको सूचना अधिकारी कुसुम नायकले बताएका छन्। घाइते हुनेमा धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक रहेका छन्।

जिल्लाको नवदुर्गा गाउँपालिका-४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१-००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले बताएका छन्।

उनी दुवै जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित