‘सुपर ८’ मा भारतको दोस्रो जित, बंगलादेश ५० रनले पराजित

|

असार ०९, डेस्क। आईसीसी टी-२० क्रिकेट विश्वकपको सुपर ८ मा भारतले लगातार दोस्रो पटक जित हात पारेका छन्। हिजो शनिबार राति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो ।

टस हरेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएका थिए।

लगातार दोस्रो जितपछि सुपर ८ को समूह ए मा भारत ४ अंकसहित शीर्ष स्थानमा छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्याको अर्धशतकको मदतमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । पाण्ड्याले २७ बलमा ४ चौका र ३ छक्का मदतमा अविजित ५० रन बनाएका थिए।

विराट कोहलीले २८ बलमा ३७, ऋषव पन्तले २४ बलमा ३६ तथा शिवम दुवेले २४ बलमा ३४ रन बनाए । यस्तै कप्तान रोहित शर्माले २३ रन जोडे । बंगलादेशका तान्जिम हसन सकिब र रिहाद होसेनले समान २ विकेट लिए । भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले समान २ विकेट लिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित