कलाकार हिमेशको नयाँ प्रस्तुति : “हम फिदा भगेली”

|

जेष्ठ ११, जनकपुर । मैथिली संगीत क्षेत्रमा सक्रिय गायक तथा कलाकार हिमेश चौधरीको नयाँ गीत “हम भगेली फिदा” सार्वजनिक गरेको छ ।

ड्रिम म्युजिकको प्रस्तुति रहेको उक्त गीत जनकपुरधामको महावीर चोकस्थित होटल किशनमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा कलाकार, सञ्चारकर्मी तथा संगीतप्रेमीहरूको उपस्थिति रहेको थियो ।

रोमान्टिक भावमा आधारित गीतमा शब्द तथा स्वर स्वयं हिमेश चौधरीकै रहेको छ । गीतको भिडियोमा हिमेशसँगै सिम्रनको अभिनय देख्न सकिन्छ । निर्माण पक्षका अनुसार भिडियोमा प्रेम, भावना र आकर्षक दृश्य संयोजनलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रमको सञ्चालन किसन भगतले गरेका थिए । कार्यक्रममा वक्ताहरूले मैथिली भाषा र संस्कृतिलाई आधुनिक शैलीमार्फत नयाँ पुस्तामाझ पु¥याउने प्रयास प्रशंसनीय रहेको बताएका थिए ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको आयोजकले जनाएको छ । स्थानीय कलाकारहरूले यस्ता सिर्जनात्मक कामले मैथिली कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित