असार ०४, डेस्क। आईसीसी टी–२० विश्वकप २०२४ को “सुपर–८” मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।

सुपर ८ को ग्रुप–१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप–२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका रहेका छन्। हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् । सेमिफाइनल आउदो २७ जुनमा हुनेछ । फाइनल भने आउदो २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको “रिजरर्भ डे” पनि राखिएको छ ।
सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ ।






