जेष्ठ ३२, डेस्क। आईसीसी टी–२० विश्वकपमा भोलि नेपाल र दक्षिण अफ्रिका बिच खेल हुनेछ। नेपाल र दक्षिण अफ्रिका बिचको खेल Arnos Vale स्टेडियममा भोलि शनिवार बिहान ०५ : १५ बजे सुरु हुनेछ ।
भोलि शनिवार नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गतको आफ्नो तेस्रो खेल खेल्नेछ। भने दक्षिण अफ्रिकाले आफ्नो चौथो खेल खेल्ने छ। समूह ‘डी’ मा तिन खेल खेलिसकेको दक्षिण अफ्रिकाको ६ पोइन्ट छ भने दुई खेल खेलेको नेपालको मात्र १ पोइन्ट रहेका छन्। विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र र नेदरल्यान्ड्स रहेका छन्।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। भने दोस्रो खेल श्रीलङ्कासंग थियो उक्त खेल वर्षाको कारण रद्द भएसँगै एक/एक अङ्क बाँडिएको थियो। त्येस्तै तिन खेल खेलेको दक्षिण अफ्रिकाले श्रीलङ्का, नेदरल्यान्ड्स, बंगलादेशलाई हराएका थिए ।





