मोदीको शपथ ग्रहणमा को–को पुग्दैछन् ?

|

जेष्ठ २६, डेस्क। लोकसभा चुनाव जितसँगै नरेन्द्र मोदीले भोलि तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिनेछन्। जुन ०९ तारिकमा नरेन्द्र मोदी र सरकारको मन्त्रिपरिषद्का केही सदस्यहरुले शपथ लिनेछन् ।

शपथ समारोहमा बिभिन्न देशका प्रधानमन्त्री, लगायत प्रमुख शीर्स नेताहरुलाई निमन्त्रणा गरिएको छ । मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आइतबार भारत प्रस्थान गर्दैछन् ।

त्येस्तै छिमेकी राष्ट्र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ , सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू लगायतका प्रमुखहरुलाई निमन्त्रणा दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित