वैशाख २८, डेस्क। आज गुजरात टाइटन्सले बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्स सँग भिड्ने छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा शुक्रबार (आज) गुजरात टाइटन्सले बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५९औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा चेन्नई र गुजरात दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा जित पाँच खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १२ अंकसहित चौथो स्थानमा छ ।






