कर्णालीको कमजोर ब्याटिङ संगै सुदूरपश्चिमले पायो १०२ रनको सामान्य लक्ष्य

|

पुष १, काठमाडौं । टियुमा जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुदूरपश्चिमलाई १०२ रनको सामान्य लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो । कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका बलर हाबी भए । हर्मित सिंहले ३, स्कट कुइगेलेन र कप्तान दीपेन्द्रसिंह ऐरीले २९२, सेफ जफरले एक विकेट लिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित