इजरायली सेनाको आक्रमणमा ७ प्यालेस्टाइनीको मृत्यु

|

चैत ०२,काठमाडौं । इजरायली सेनाको पछिल्लो आक्रमणमा परी थप ७ जना प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

शुक्रबार राति विभिन्न ठाउँमा आक्रमण गर्दा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अलजजिराका अनुसार गाजा सिटीको जेतुन क्षेत्रमा इजरायली सेनाले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । समुद्री किनारमा थप एक जना माछा मार्ने व्यक्तिको पनि हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली सेनाले दक्षिणी राफाह क्षेत्रमा ट्यांक र गनबोटबाट गोली प्रहार गरेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित