कुम्भको भागदौडमा मृतकको संख्या ३० पुग्यो, ६० जना घाइते

|

माघ १६,डेस्क। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये २५ जनाको सनाखत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, ६० जना घाइते भएका छन् । भागदौडपछि हराइरहेका मानिसहरूको खोजी जारी रहेको उनीहरूका आफन्तले बताएका छन् । कति मानिस हराइरहेका छन् भन्ने ‍औपचारिक विवरण हालसम्म सार्वजनिक भएको छैन ।

भागदौड भएपछि विभिन्न अखडाहरूले औँसीका दिन आयोजना गर्न लागेको विशेष स्नानको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए । तर, अपरान्ह २ बजेसम्म गङ्गा र यमुना नदीका किनारमा झन्डै पाँच करोड मानिसले स्नान गरेको जानकारी अधिकारीहरूले दिएका थिए ।

बीबीसीका अनुसार घटना भएपछि मेला लागेको ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन् ।

कुम्भमेला सुरु भएदेखि अहिलेसम्म २५ करोड श्रद्धालुले स्नान गरिसकेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित