असार १६, डेस्क। टी-२० विश्वकपको उपाधि जितेसँगै भारतका कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
हिजो शनिबार राति टी-२० विश्वकपको उपाधि जिते पछि पत्रकार सम्मेलनमा रोहित शर्माले भने “यो मेरो अन्तिम खेल हो “।
शनिबार दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्ष यताको उपाधि खडेरी तोड्दै टी-२० विश्वकपमा दोस्रो उपाधि जितेको थियो।
बार्बाडोसमा पोस्ट म्याच प्रेस कन्फरेन्समा कप्तान शर्मा र म्यान अफ द म्याच घोषित हुँदै गर्दा कोहलीले सन्यासको घोषणा गरेका हुन्।
दुवैले सन्यासका लागि यो भन्दा उत्तम समय नभएको बताएका थिए।





