विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

|

जेष्ठ २०, डेस्क। फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएई विरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएका छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल र युएईबीचको खेल ६ जुन अर्थात् यही जेठ २४ गते साउदीको दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । खेल नेपाली समयानुसार राति ९:४५ बाट सुरु हुनेछ।

चर्चित समाचार


भर्खरै प्रकाशित