राराब क्याम्पसमा पहिलो चोटी हाजिरी जवाफ प्रतियोगिता हुदै

|

जेष्ठ १४, डेस्क । रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) मा आज हाजिरी जवाफ प्रतियोगिता भइरहेको छ ।

क्याम्पसको स्थापना काल देखी नै पहिलो पटक आज हाजिरी जवाफ प्रतियोगिता भइरहेको प्रध्यापक संघको सभापति मुक्तिनाथ साहले बताएका छन । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा पहिलो चोटी उक्त कार्यक्रमको भइरहेको स्वतन्त्र बिधार्थी युनियनको सभापती मानिस यादवले जानकारी गराएका हुन् ।

यस कार्यक्रमको संचालक सदस्यहरुमा दिपेन्द्र यादव, नवीन यादव, विकास शाह, मुन्ना प्रधान र बिक्छा कर्ण रहेका छन ।

प्रतियोगितामा जम्मा १० वटा ग्रुप रहेका छन् भने प्रत्येक ग्रुपमा चार जनाको समूह रहेका छन्।

प्रतियोगिता जित्ने टिमलाई उपहार स्वरुप मेडल,डायरी र प्रमाणपत्र वितरण गरिनेछ।

चर्चित समाचार


भर्खरै प्रकाशित