हैदराबादलाई हराउदै कोलकाताले जित्यो तेस्रो आईपीएल उपाधि

|

जेठ १३,डेस्क । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमा पछ्यायो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो ।

कोलकाता नाइट राइडर्स बलिवूड अभिनेता शाहरुख खानको टिम हुन्।

चर्चित समाचार


भर्खरै प्रकाशित