सन्दीपको अमेरिका यात्रा अर्को साता मात्र फिक्स हुने

|

जेष्ठ १२,डेस्क। अमेरिकामा आयोजना हुन लागेको आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि आज सबै देशले अन्तिम १५ खेलाडीको सूची सार्वजनिक गर्नुपर्ने छ । सबै देशले अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल क्रिकेट संघ क्यानले भने आइसिसीलाई अन्तिम सूची सार्वजनिक गर्नका लागि समय थप गर्न आग्रह गरेको छ ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने यसअघिको विश्वकप स्क्वाडमा थिएनन् । उनी अदालतको कानुनी प्रक्रियामा रहेकाले समावेश नगरिएका हुन् । उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीपलाई विश्वकपको स्क्वाडमा समावेश गर्नका लागि क्यानले निलम्बनसमेत फुकुवा गरिसकेको छ । आइसिसीलाई पनि यसअघि नै पत्राचार गरेर जानकारी गराएका क्यानका पदाधिकारीहरू अहिले आएर सन्दीपको भिसा अमेरिकन राजदूतावासबाट ‘रिजेक्ट’ भएपछि तनावमा परेका छन् भने राजनीतिक भेटघाटका लागि व्यस्त भए पनि कुनै सकारात्मक सन्देश भने पाइसकेका छैनन् ।

जसका कारण क्यानले आइसिसीलाई पत्राचार गर्दै आज नेपालले अन्तिम १४ जनाको टिम सार्वजनिक गर्ने र केही समय अर्थात् जुन २ सम्मको समय दिन माग गरेको हो । क्यान स्रोतका अनुसार आज १४ जनाको खेलाडी लिस्ट सार्वजनिक हुने छ भने यदि सन्दीपको भिसा लागेर जुन २ भित्र अमेरिका जान पाएको खण्डमा उनलाई पनि समावेश गरेर अन्तिम १५ को सूची सार्वजनिक गरिने छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित