दलित समाज उत्थान समिती द्वारा शारीरिक अपाङगता भएका बालबालिकाहरुको लागि शिविर संचालन

|

चैत्र २४,महोत्तरी। महोत्तरी जिल्लाको एकडारा गाउपालिकामा वल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति (DSWCN) महोतरीको साझेदारीमा संचालित (PCESP) कार्यक्रम अन्तर्गत एकडारा गाउँपालिकाको वडा नं. ५ र ६ मा रहेको अपाङगता भएका बालबालिकाहरुलाई प्रेरणा शारीरीक अपाङगता पुर्नस्थापना केन्द्र लालबन्दी, सर्लाहिको प्राविधिक सहयोगमा शारीरीक अपाङगता पहिचान तथा सहायक सामाग्रि नाप जाँच शिविर संचालन भएको छ ।

सिविर एकडारा गाउँपालिका ६ स्थित रहेको श्री आधारभुत विधालय, कोल्हुवा, बगेयामा संचालन भएको थियो । शिविरमा दुवै वडामा रहेको सम्पुर्ण शारीरिक अपाङगता भएका बालबालिकाहरुको शारीरिक अपाङगता पहिचान तथा सहायक सामाग्री नाप जाँच भएको छ ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक सुनिल ठाकुरले गर्नु भएको थियो भने वडा अध्यक्ष श्याम चौधरीको आथित्यता रहेको थियो ।

प्रेरणाका Prosthetist & Orthotist मिन गुरुङले शिविरको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । मन्तव्यको क्रममा संस्था अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक ठाकुरले प्रेरणाको प्राविधिक टिमले समयमै प्रतिवेदन पेश गर्नु हुन्छ भन्ने विश्वास लिएको छु र प्रेरणाले दिएको प्रतिवेदनको आधारमा सामाग्रि उपलब्ध गराउने योजना समेत रहेको छ ।

त्यस्तै मन्तव्यको क्रममा वडा अध्यक्ष चौधरीले अपाङगता भएका बालबालिकाहरुको लागि शिविर संचालन गर्नु भएकोमा खुशि व्यक्त गर्दै अपाङगता भएका बालबालिकाहरु तथा आर्थिक अवस्थामा कमजोर रहेका परिवारहरुको लागि अझै कुनै कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो ।

शिविर वडा न १,२,३ र ४ लाई लक्षित गरी वडा न ४ को हेल्थ पोष्ट अजमरपट्टिमा चैत्र २५ गते सोमबारका दिन आयोजना गर्ने कुरा कार्यक्रम संयोजक उतिम चन्द्र चौधरीले बताउनु भयो ।

चर्चित समाचार


भर्खरै प्रकाशित