बसको फोटो खिचेको आरोपमा पत्रकार यादवमाथि कुटपिट

|

चैत्र २२,डेस्क। सिरहाका पत्रकार मुकेश यादवमाथि संघातिक हमला भएको छ । हिजो सिरहाको बरियारपटीमा एउटा समूहले पत्रकार यादवमाथि आक्रमण गरेको थियो । आक्रमणपछि उनी घाइते भएका छन् । उनको उपचार जनकपुरमा भइरहेको छ ।

धरिलो हतियारले आक्रमण गरेकोले उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि सिरहा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर पठाइएको छ ।

जनकपुर टुडेमा कार्यरत पत्रकार यादवले बसको फोटो खिचेको आरोपमा कुटपिट गरिएको बताइएको छ । बस सञ्चालक प्रमेश्वर यादवले आफूमाथि कुटपिट गर्न लगाएको पत्रकार यादवले दाबी गरेका छन् ।

पत्रकार यादवले भने, ‘प्रमेश्वर यादवले ममाथि बसको फोटो खिचेको आरोप लगाएर मान्छे लगाएर कुटपिट गर्न लगाउनु भएको हो । जब कि उहाँको बसको मैले फोटो नै खिचेको छैन । बसको फोटो खिचेको हो भनि आशंका गर्दै मलाई फोन गर्दा मैले फोटो खिचिकै छैन भन्दा भन्दै उहाँले कुटपिट गर्न लगाउनु भएको हो ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र प्रेसमाथि बारम्बार भइरहेका आक्रमणहरू प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरेको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित