माघ २५,डेस्क। तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य साताको छैटौं दिन आज सुनको मूल्य घटेको छ।
बिहीबारको तुलनामा आज सुन तोलामा चार सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार हुँदा हिजो तोलाको एक हजार नौ सय ८० रुपैयाँ थियो। यसरी हेर्दा चाँदीमा आज पाँच रुपैयाँ बढेको छ।
मंगलबारदेखि सुनको मूल्य लगातार बढिरहेको छ। सोमबार तोलाको एक लाख ६२ हजार ८ सय रुपैयाँ रहेको सुन आजको मितिसम्म आइपुग्दा ५३ सय रुपैयाँले बढेको छ।





