२४ घण्टा नबित्दै जनकपुरको होटलमा फेरी एक युवक मृत फेला

|

वैशाख १२ ,डेस्क। जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् । मृ‌त फेला पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव रहेका छन् ।

होटलको कोठा नं. २०४ मा झुन्डिएको अवस्थामा राति ११ बजे मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार बेलुका ७ बजे युवक कोठा बुक गरेका थिए । राति ११ बजे ढोका खुल्लै अवस्थामा कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि सव प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

मंगलबार दिउँसोमात्रै जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित