जनकपुरमा पत्रकारमाथि आक्रमण गरेको बिरोधमा वकिलमाथि कारबाहीको माग गर्दै प्रदर्शन

|

भाद्र ०१, जनकपुरधाम। जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरमा विरोध प्रदर्शन गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि गरिएको धर्नामा सहभागी पत्रकारहरूले दोषी वकिलमाथि तत्काल कारबाहीको माग गरेका छन्।

प्रदर्शनका क्रममा पत्रकारहरूले पत्रकारमाथि आक्रमण बन्द गर दोषीलाई कारबाही गर प्रेस स्वतन्त्रताको रक्षा गर जस्ता नारा लगाएका थिए।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्षले पत्रकारमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे। उनले पत्रकारहरू जनताको आवाज भएको र उनीहरूमाथि भएको आक्रमण लोकतन्त्रको विरुद्धमा रहेको बताए।

दोषी वकिलहरूलाई कानुनी दायरामा ल्याउन र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ। धर्नामा धनुषाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित