साउन २६,डेस्क। हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायली आक्रमणमा परी धेरै व्यक्तिको मृत्यु भएको जनाएको छ।
इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको जनाएको छ।
गाजाको सिभिल डिफेन्स एजेन्सीले दराज जिल्लामा भएको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाएको छ।
सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले समाचार एजेन्सीहरुलाई मृत्यु हुनेको संख्या ९० देखि १०० को बीचमा हुनसक्ने बताए।
प्यालेस्टाइनबाट विस्थापित मानिसहरूलाई राखिएको विद्यालयमा तीनवटा इजरायली रकेटले आक्रमण गरेको थियो।
यसअघि टेलिग्राममा एउटा पोस्टमा सिभिल डिफेन्सका प्रवक्ताले यसलाई ‘नरसंहार’ भनेका थिए।
इजरायली सेनाले अल-ताबाइन स्कूलमा रहेको हमास कमाण्ड एण्ड कन्ट्रोल सेन्टर भित्र सञ्चालित हमास आतंककारीहरूलाई आक्रमण गरेको बताएको छ।






