पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, १ जनाको मृत्यु, २३ घाइते

|

साउन १४, डेस्क। पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेका छन्।

आज साेमबार बिहान करिब ९ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा एक जनाको बालिकाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु भएका बालिकाको परिचय भने खुलेको छैन।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माका अनुसार बिरौटास्थित विद्यालयका विद्यार्थीहरूलाई लिएर आउँदै गरेको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो । उक्त बसमा जम्मा २४ जना सवार भएका थिए । यसमध्ये २२ जना विद्यार्थी र २ जना स्टाफ रहेको जानकारी दिएका छन् । बस करिब ६० मिटर तल सडकमा खसेको थियो ।

प्रहरीका अनुसार बसमा रहेका विद्यार्थीमध्ये २३ जनालाई उद्दार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। घाइतेहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित