कन्टेनर र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

|

साउन ११, डेस्क। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

नारायणगढबाट मुग्लिन आउँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट जाँदै गरेको डीडीओ वान् एल नाइन वन् सिक्स वान् नम्बारको भारतीय ट्रक शुक्रबार बिहान ६ १० मा भतेरी जङ्गलमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र पर्साको वीरगन्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको जानकारी दिएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको पनि जानकारी दिएका छन्। आलम भारतीय ट्रकका चालक हुन् । भने पटेल कन्टेनरका चालक हुन् । भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् ।

सोही अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित