बसको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

|

साउन ०९, डेस्क। बसको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नम्बर ६ डेकोचामा व्यासीबाट कमलविनायक जाँदै गरेको मंगलबार राति पौने ९ बजे बागमती ३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरमा डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । उक्त दुर्घटनामा पहिचान नखुलेका पुरूषलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका ती पुरूषलाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको डिएसपी कार्कीले बताए। शव सोही अस्पतालमा राखिएको छ।

बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० घर भई भक्तपुर आदर्श बस्ने ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ। र यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित