साउन ०४, डेस्क। चितुवाको आक्रमणबाट तनहुँमा एक जना बालकको मृत्यु भएको छ ।
बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार हिजो बिहीबार बेलुकी करिब ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा बन्दिपुर अस्पतालमा मृत्यु भएको थियो ।





