साउन ०३, डेस्क। चीनको एउटा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
सरकारी समाचार एजेन्सीका अनुसार शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो । घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो ।
हाल आगलागीको कारण खुलेको छैन तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको अनुमान गरिएको बताइएका छन।
चिनियाँ सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ। साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।





