५० किमी तल नारायणी नदीमा बस खसेको ठाउबाट एक व्यक्तिको शव भेटियो

|

असार २९,डेस्क। चितवनको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ ।

दुईवटा बस खसेकोभन्दा करिब ५० किलोमिटर तल नारायणी नदीमा उक्त शव भेटिएको हो । शव पुरुषको रहेको बताइएको छ । उक्त शव त्रिशूलीमा खसेका बसका यात्रुको हो–होइन यकिन गर्ने काम भइरहेको सशस्त्र प्रहरी बलमा प्रवक्ता डीएसपी शैलेन्द्र थापाले लोकान्तरलाई जानकारी दिए ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश –०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराेले त्रिशूलीमा बगाएको थियो ।

दुई बसमा सवार ४८ यात्रु हराइरहेका छन् । खोजी कार्य जारी छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित