कैलालीमा डेङ्गीका बिरामी एक हजार भन्दा बढी

|

असार २७, डेस्क। अघिल्लो वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन्। यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन्। गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए।

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा १७३, लम्कीचुहामा ११३, बर्दगोरियामा ७२, टीकापुरमा ४०, जानकीका चार, भजनीका पाँच र जोशीपुरमा ६ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो।

स्थानीय पालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टका लार्भा नष्ट अभियान, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित