जेष्ठ ३०, डेस्क। कम्बोडिया पठाउँछु भन्दै ५ लाख रुपैया ठगी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत ठगि गरेको आरोपमा प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका–४ सितापाइला घर भएका १८ वर्षीय अङ्कित बस्नेतलाई पक्राउ गरेका छन्। सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएप मार्फत उनले कम्बोडियाको विज्ञापन राखेर रोजगार अनुमति दिलाउँछु भनेर ५ लाख रुपैयाँ ठगेका हुन् ।
अनलाइनमा च्याट गरेर उनले पीडितलाई आफ्नो खातामा सो रकम डिपोजिट गर्न लगाएकाथिए। आरोपीलाई ठगी सम्बन्धी कसुर मुदामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताएका छन्।





