वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै १५ करोड भन्दा बढी ठगी गर्ने गिरोह पक्राउ

|

जेष्ठ २९, डेस्क। वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै १५ करोड भन्दा बढी ठगी गरेको कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० सय जनाभन्दा बढी व्यक्तिलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् ।

पक्राउ परेकाहरुले विगत ३/४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको हो।

उनीहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि प्रहरीको भनाइ छ । यस सम्बन्धमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित