जेष्ठ २९, डेस्क। गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने दुई जना घाइते भएका छन्। गुल्मीको अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट तम्घास देउराली जाँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा टिपर चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको छ। सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी शङ्कर पोखरले बताएका छन्।
उक्त दुर्घटनामा सन्धिखर्क ८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका २ बस्ने २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन्। घाइतेमध्ये केसीको अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





