‘बिरामी’ परेको भन्दै विश्वासको मतको कार्यसूची सार्न मुख्यमन्त्री यादवले गरे सभामुखसँग आग्रह

|

जेष्ठ २३, डेस्क। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिन लागिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गरेका छन् । प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । आजको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची सारेर जेठ २८ गतेका लागि तोक्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गरेका हुन् ।

मुख्यमन्त्री यादवले आफू अस्वस्थ रहेको भन्दै आजको तोकिएको विश्वासको मतको समय सार्न प्रदेश सभाको कार्यालयसँग माग गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशका सभामुख मण्डलका अनुसार मुख्यमन्त्री यादवले अहिले भर्खरै प्रदेश सभामा आफू अस्वस्थ रहेको जनाऊ गर्दै पत्र पठाएका छन् । ‘पत्रमा आज दिउँसो ३ बजे बस्ने बैठकको कार्यसूचीबाट विश्वासको मतको मिति सार्न माग गरिएको छ,’ उनले भने ।

चर्चित समाचार


भर्खरै प्रकाशित