डोटीमा यात्रुवाहक जीप दुर्घटना, दुई जनाको मृत्यु, सातजना घाइते

|

जेष्ठ २३, डेस्क। डोटीमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन्।

दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन्। उक्त जिपमा चालकसहित नौजना सवार थिए।

आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित