एमालेको राष्ट्रिय महिला भेला आजदेखि सुरु हुँदै

|

जेष्ठ १६,डेस्क। नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु हुँदैछ ।

काठमाडौँमा दुई दिनसम्म हुने राष्ट्रिय महिला भेलालाई नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यान्न १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिएका छन्। करिब पाँच हजार जनाको सहभागितामा राष्ट्रिय महिला भेलाको उद्घाटन हुनेछ ।

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता दिने व्यवस्था, महिला हिंसाको अन्त्य गर्न राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता लगायतका विषयलाई संसद्बाट सङ्कल्प प्रस्ताव पास गरेको स्मरणमा भेलाको आयोजना गरेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित