उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट दिए राजीनामा

|

बैशाख ३१, डेस्क । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनीहरु प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्केको उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिएका हुन्।

मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका हुन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित