मधेश सरकारबाट बाहिरियो नेकपा माओवादी केन्द्र

|

बैशाख ३०,डेस्क। मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् । साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेसमा सरकार फेरबदल हुन लागेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित