धनुषाको हंसपुरमा अन्तरास्ट्रिय महायज्ञ एबं शिवलिङ्ग प्राणप्रतिष्ठा हुदै

|

फाल्गुण २३,डेस्क। धनुषाको हंसपुर नगरपालिका-३ मा श्री श्री १०८ श्री बिष्णु अन्तराष्ट्रिय महायज्ञ एवं शिवलिङ्ग प्राणप्रतिष्ठा यज्ञ सुरु भएको छ।

हंसपुर नगरपालिका ३ को वडा अध्यक्ष सन्त श्री उदय कुमार सिंहको आयोजनमा कुम्हारटोलमा महायज्ञ सुरु भएको हो । श्री श्री १०८ श्री बिष्णु अन्तराष्ट्रिय महायज्ञ एवं शिवलिङ्ग प्राणप्रतिष्ठा यज्ञ सुरु फागुन २२ गते बाट कलश यात्रा शोभा यात्रा निकाली यज्ञको शुभारम्भ गरिएको छ।

बुधवार २३ गते यज्ञारम्भ गरिने छ। त्यस्तै फागुन २४ गते गौतम राश लिला, फागुन २७ गते देखि चैत्र २ गते सम्म श्रीमद भागवत महापुराण ज्ञान कथा प्रवचन र अन्तिम दिन चैत्र ०३ गते यज्ञ पूर्णा हुती कार्यक्रम गरेर सम्पन्न गरिने छ।

यस श्री श्री १०८ श्री बिष्णु अन्तराष्ट्रिय महायज्ञ एवं शिवलिङ्ग प्राणप्रतिष्ठा यज्ञमा अध्यक्ष लगायत वडा र नगरवासीहरुको सहभागिता रहेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित